१२ बैशाख २०८१, बुधबार
Follow Us

उम्मेद्वारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदै

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार ०५:४१

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । निर्वाचन आयोगले आज अपरान्ह उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह वितरण गर्ने भएको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले आजचुनाव चिह्न प्रदान गर्दैछ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालय मार्फत अन्तिम नामावली प्रकाशन गर्न लागिएको छ । दिउँको ४ बजे नामावली प्रकाशन र त्यसपछि निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी दिएका ८३ मध्ये आयोगले एक जनाको उम्मेदवारी रद्द गरेको छ । प्रदेश नम्बर ४ अन्तर्गत अपांगता कोटाबाट उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ ।