८ बैशाख २०८१, शनिबार
Follow Us

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार ०९:३५

बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ ।