१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियसभामा पूर्वयुवराज्ञी हिमानीलाई ल्याइने !

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १२:१४

काठमाडौं । राष्ट्रियसभामा दरबारको पनि प्रतिनिधित्व हुने चर्चाले यतिबेला नेपालको राजधानी ताँतेको छ । दरबारको प्रतिनिधिको रुपमा पूर्वयुवराज्ञी हिमानी शाहलाई राष्ट्रियसभामा ल्याइने चर्चाले व्यापकता पाएको छ । यद्यपि यसको पुष्टि कतैबाट पनि हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारको क्रममा बैंककमा रहँदा पूर्व युवराज्ञी हिमानीले भेटेको समाचारसँगै यस्तो चर्चा नेपालको राजनीतिमा चलेको हो । राजनीतिमा आउने इच्छा देखाएसँगै हिमानीलाई राष्ट्रिय सभामा सांसद बनाउन दरवार निकट व्यक्तिहरुले लविङ सुरु गरेको बताइएको छ ।
दरबारलाई पनि संसदमा प्रवेश गराउन सकियो भने आम जनतामा राम्रै म्यासेज जाने विश्लेषण गरिएको छ । हिमानीलाई संसदभित्र छिराउने बाटो तत्काल बन्द भइसकेको छैन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामध्ये एकजना हिमानीलाई राख्न सकिने छ । राप्रपा पनि सरकारमा रहेका बेला हिमानीलाई संसदमा प्रवेश गराउन अनुकूल हुने बताइएको छ ।