१५ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १२:२७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ २२ गते भारतको ओडिसा जाने भएका छन् । ओडिसामा हुने एक धार्मिक महोत्सवमा विशेष अतिथिकारुपमा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । उनी त्यहाँ ‘१४५औं श्रीमज्जगद्गुरु–शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति महोत्सव’मा सहभागी हुनेछन् ।

पूर्वराजा शाह त्यहाँका शंकराचार्यको विशेष निम्तोमा जान लागेका हुन् । उनी झन्डै एक हप्ता भारतमा रहने बुझिएको छ । त्यसक्रममा उनले त्यहाँ केही राजनीतिक भेटघाटसमेत गर्नसक्ने जनाइएको छ । यसअघि, पूर्वराजा शाह मध्य तथा सुदूरपश्चिमको भ्रमणकाक्रममा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा लखनउ पुगेका थिए ।