१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन केन्द्रीय मिडिया समितिको सहसंयोजकमा शर्मा

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १२:३३

लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिकको सहसंयोजकमा नेपाल पत्रकार महासंघ यूकेका निवर्तमान अध्यक्ष चिरन शर्मा मनोनित भएका छन् । संघको विधान बमोजिम प्रवक्ता भूषण घिमिरेले शर्मालाई सहसंयोजकको जिम्मा दिएका हुन् । सो जिम्मेवारी संघको सहप्रवक्ता सरह हो । यस्तै सो समितिको सहसंयोजकमा अमेरिका क्षेत्रबाट विजय घिमिरे र अष्ट्रेलियाबाट हेमन्त काफ्ले मनोनयन भएका छन् । घिमिरेद्वारा सोमवार जारी विज्ञप्ति अनुसार सो समितिमा निम्न व्यक्ति रहेका छन्
१ डिल्ली ढकाल, अष्ट्रेलिया
२ बुध्दिसागर घिमिरे, न्यूजिल्याण्ड
३ रामचन्द्र गिरी, मलेसिया
४ किसन राई, हङकङ
५ आनन्द कोइराला, जापान
६ दिल कुमार श्रेष्ठ, कतार
७ मेघराज सापकोटा, युएइ
८ नवराज वि के, कतार
९ शुक्र लामा, सउदी अरबिया
१० बसन्त रानाभाट, स्पेन
११ फणिन्द्र भट्टराई, बेलायत
१२ प्रजय शुक्ला, बेलायत
१३ होम प्रसाद लम्साल, अमेरिका
१४ आङ छिरिङ शेर्पा, अमेरिका
१५ गोकुल लामिछाने, क्यानडा