७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन आइसिसी रोड सेफ्टी विभागद्धारा काठमाडौ मेयर विद्यासुन्दर शाक्यसँग छलफल

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १९:२६

एनआरएन आइसिसी रोड सेफ्टी विभागले नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्न पहलकदमी शुरु गरेसँगै ७ र ८ माघ २०७४ मा सरकारी निकाय र जनप्रतिनिधिसँग नेसनल कन्भेन्सन अन रोड सेफ्टी छलफल सम्पन्न गरेको छ । राजधानीमा सडक सुरक्षा रोक्ने विषयमा सरकारी निकायका प्रतिनिधिसँग छलफल गरेको एनआरएन आइसिसी रोड सेफ्टी विभागले आज काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग भेटभाट गरि काठमाडौमा सडक जाम हटाउन र दुर्घटना रोक्ने भन्ने विषयमा छलफल गर्यो ।

सडक सुरक्षा मजबुत बनाउन एनआरएन अन्तराष्ट्रीय परिषदद्धारा गठित रोड सेफ्टी विभागले तदारुकताका साथ अभियान सञ्चालन गर्न लागी परेको छ । जसअनुसार एनआरएनए आइसिसी रोड सेफ्टी विभागका संयोजक थर्कप्रेम सेनले काठमाडौ महानगरका मेयर शाक्यसँग छलफल गरेको कुरा जानकारी दिनुभयकोछ ।

काठमाण्डौमा बिकराल समस्या आईरहेको सडक जामलाई सरलीकरण गर्दै आवागमनलाई सजीलो पार्नै पर्ने सडक सुरक्षाको बिषयलाई मेयरले आफ्नो ध्यान त्यस बिषयमा सोच्न बाध्य भयको कुरा बताउनु भयो । नेपालमा सडक सुरछ्याले खासै प्रथमिकता नपाएको, सुरक्षीत सडक र सुन्दर सहरहरु इज्जत भयकोले दुवै पक्ष मिलेर न्यूनीकरण गर्न आफु तयार रहेको समेत स्पष्ट पार्नु भयो । साथै सो विषयमा काठमाण्डौका शाक्यले एनआएनएले गर्न लागेको सराहनीय कार्यमा हातमा हात मिलाएर अगाडि बढ्ने बताउनुभयो ।

मेयर शाक्यसँग एनआरएनए आइसिसी रोड सेफ्टी विभागका संयोजक थर्कप्रेम सेन लयायतको टिमले विदेशमा सडक सुरक्षाका लागि अपनाइने प्रविधि र अनुभवहरुबारेमा भिडीयो प्रस्तुत गरी जानकारी गराएको थियो । टोलीमा एनआरएनए एनसीसी प्रवक्ता भूषण घिमिरे, जनता टाईम्स डटकम प्रवन्धक निर्देशक शूस्मा राई, एनआरएनए आइसिसी रोड सेफ्टी विभागका सचिव बाचस्पती रेग्मी , पत्रकारहरू र गन्यमान्यहरूको सहभागिता रहेको थियो।