१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपप्रधानमन्त्री निधि भारत प्रस्थान

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार १३:५५

काठमाडौं । सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नु भएको छ । पछिल्लो समय विग्रेको भनिएको नेपाल भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न निधिलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो ।
निधिको पाँच दिने भारत भ्रमणका क्रममा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले भाजपा अध्यक्ष अमित साहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । कांग्रेस माओवादी गठबन्धन सरकारले दुई छिमेकी चीन र भारतसँगको सम्बन्ध सुधारका लागि विशेषदूत पठाउँने यसअघि निर्णय गरेको थियो । जसअनुसार उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहनु भएको छ ।