६ बैशाख २०८१, बिहीबार
Follow Us

मुख्यमन्त्री छान्न एमाले स्थायी समिति बैठक

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०४:२३

काठमाडौं । प्रदेश सभामा संसदीय दलको नेता चयन लगायतका विषयमा सहमति जुटाउन नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रदेश सभा संसदीय दलसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसुचि छ ।

बैठकवाट एमालेले प्रदेश सभा संसदीय दलको नेताका लागि मापदण्ड बनाउने तयारी गरेको छ । केही दिनमै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढने भएकाले दलको नेता चयन गर्न विधि, प्रक्रिया र मापदण्ड बनाउने एमालेको तयारी छ ।

एमालेले मुख्यमन्त्रीका उम्मेदवार सकेसम्म सहमतिमा बनाउने नभए मापदण्ड र योग्यता तोक्ने तयारी गरेको छ । एमालेको पाँच नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत संसदीय दलको नेता चयन भएपनि अन्यमा दावेदार धेरै हुँदा सहमति जुटन सकेको छैन ।

स्थायी समितिले सर्वसम्मतको प्रयास गरेपनि मुख्य मन्त्रीको टुंगोल प्रदेश सभाले नै लगाउने तयारी छ । सहमति हुन नसके केही ठाउँमा चुनाव गर्ने एमालेको तयारी छ ।