६ बैशाख २०८१, बिहीबार
Follow Us

१७ विदेशी चिकित्सक पक्राउ

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०४:२५

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाबाट अस्पताल सञ्चालक र विदेशी चिकित्सक गरी १७ जनालाई पक्राउ गरेको छ । सरकारबाट अनुमति नलिएका अस्पताल सञ्चालक र विदेशी चिकित्सक पक्राउ परेको अनुसन्धान व्यूरोले जनाएको छ ।
एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक पक्राउ परेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा संस्थान (आईओएम)ले तोके भन्दा बढी शुल्क लिएको खुलेको छ । आईओएमले उपत्यकाको हकमा साढे ३८ लाख र काठमाडौं बाहिरको हकमा साढे ४२ लाख रुपैयाँ शुल्क तोकेको छ तर, निजी मेडिकल कलेजहरु विभिन्न शीर्षक दिएर ४८ लाख रुपैयाँसम्म रकम अलुस गरिरहेको विद्यार्थीले गुनासो गरेका छन् ।
ओपन हाउस काउन्सिलिङबाट छनोट भएका विद्यार्थीहरु अहिले भर्नाका लागि मेडिकल कलेज पुगेका छन् ।
यसैबीच, निजी मेडिकल कलेजले मनोमानी शुल्क लिएको भन्दै एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोति भएका छन् । उनीहरुले हिजो राजधानीमा प्रदर्शन गरेका छन् ।