७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०४:२७

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनु हुने भएको छ । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लाग्नु भएको हो ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि आउँदो बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।
भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने बताइएको छ ।