१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय सभामा ३२ सदस्यका लागि मात्रै चुनाव हुने

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०४:२९

काठमाडौं । निर्वाचन आयोगले अब राष्ट्रिय सभा सदस्यको ३२ सिटका मात्रै चुनाव हुने बताएको छ । २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि मात्रै चुनाव हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ ।
प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।
५६ मध्ये अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । आयोगले हिजो सबै उम्मेदवारलाई निर्वाचन चिहृन दिएको छ । निर्वाचन चिहृन पाएसँगै उम्म्ेदवारले चुनाव प्रचार–प्रसार सुरु गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।