१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समिता कर्णालीकै नेविसङ्घको महिला केन्द्रीय सदस्य

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार १३:५७

जुम्ला । नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसङ्घको ११ औं महाधिवेशनले उहाँलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति हुनुभएका मानव सेजुवाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उहाँले बताउनुभयो ।
जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती–८ टोप्ला गाउँमा जन्मनुभएकी २२ वर्षिया शाही पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।