१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधानमन्त्री निधिले आज भारतीय राष्ट्रपति र गृहमन्त्रीसँग भेटवार्ता गर्ने

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार ०७:०७

काठमाडौं । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरीय भेटवार्ता गर्दैहुनुहुन्छ । आज साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा हस्तान्तरणसहित दुई छिमेकी देशको सम्बन्धबारे छलफल हुने बताइएको छ । संविधान जारी भएको दिन आगामी असोज ३ गते आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको जनाइएको छ । उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै अपरान्ह १ देखि ३ बजेसम्म भेटवर्ता गर्ने तय भएको छ । भेटमा नेपाल भारत सुरक्षा मामिला लगायतका विषयमा छलफल हुनेछ ।
निधिले भोलि बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री निधि हिजो वेलुका नयाँदिल्ली पुग्नुभएको हो ।