१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली साहित्य विकास परिषद्को निर्वाचन एप्रिलमा

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार २१:१०

लण्डन । नेपाली साहित्य विकास परिषद् यूके को ११औँ कार्यसमितिको निर्वाचन आगामी एप्रिल महिनामा सम्पन्न हुने भएको छ ।
स्थानिय वयम्ली रेस्टूरेन्टको सभा हलमा परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहको अध्यक्षतामा बसेको परिषद्को वार्षिक बैठकले परिषद्का सल्लाहाकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी एप्रील महिनामा सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले यस अघि विषेश कारणवस स्थगन हुनगई निर्वाचन ग्याप हुन गएको अवधीलाई दशौँ कार्यसमितिको रूपमा रूपान्तरण गरी ११ औँ कार्यसमितिकको निर्वाचन गर्ने निर्णय गरेको छ भने परिषद्की महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्य़क्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल पछि पारित गरेको छ ।

छलफलका क्रममा परिषदका वरिष्ठ पदाधिकारीहरू कोमल प्रसाद श्रेष्ठ मल्ल, धुर्व कोसी, वीरेन्द्र कुँवर, गोकुल भण्डारी, रेशमलाल अर्याल, मनोज अन्जानले महत्वपूर्ण सुझाव प्रस्तावहरू राख्नु भएको थियो ।