१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन हङकङले मैत्रीपूर्ण महिला फुटबल आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार २१:१३

लन्डन । गैर आवासीय नेपाली संघ हङकङले यही फेब्रुअरी १९ तारिखका दिन मैत्रीपूर्ण महिला फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आज एनआरएन हङकङले पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सो खेलमा हङकङको प्रतिनिधित्व राष्ट्रिय महिला टिमले गर्ने र नेपालतर्पबाट सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल महिला टिमले गर्ने भएको छ ।

मंकक स्टेडियममा दिनको १ः३० बजे सो खेल हुने हङकङ र नेपालबीचको महिला मैत्रीपूर्ण फुटबल खेलको आयोजक हङकङ फुटबल एशोसियसन रहने एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले जानकारी गराइन । नेपाली टिमको संयोजन एनआरएनए हङकङले गर्ने भएकोले सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने भएको छ ।

लगभग १ लाख ५० हजार हङकङ डलर खर्च लाग्ने अनुमान गरिएको छ । हङकङ नेप्लिज फुटबल एशोसियसन सहयोगी, नेपाली कन्सुलेट जनरल हङकङ र नेपाल वायुसेवा निगम प्रायोजकको रुपमा रहने अध्यक्ष गुरुङले बताइन् ।