१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०३:३७

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपालको दुईदिने भ्रमणमा आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज काठमाडौं आउन लाग्नु भएको हो । उहाँको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत नेपाल आउँदै हुनुहुन्छ । भारत सरकारले गएको सोमबार मात्रै गोखलेलाई विदेशमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सचिव नियुक्त गरेको हो । टोलीमा सभावेश हुने कुटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको देखिएको छ । नेपालमा रहँदा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।