१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यति एयरलाइन्सको यो कुन शैली हो ?

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०५:४१

मलाई बुधवार काठमाडौंबाट भरतपुर जानु थियो । मैले यति एयरलाइन्समा एक दिनअघि नै समयको हिसाव मिलाएर दिउसो एक बजेको टिकट काटेँ । ‘नेपाली समय र नेपाली सेवा’ भन्ने सोच हामीमा अलि बढि नै भएकोले घरबाट एयरपोर्ट लाग्नुअघि आफ्नो एयरलाइन्सलाई जहाज समयमा उड्ने नउड्ने कन्फर्म गर्न फोन लगाएँ । फोनमा एउटी मधुर श्वरकी धनीले भनिन्, प्लेन समय मै उडदै छ ‘छिटै आइपुग्नु होला । नत्र प्लेन छुट्न सक्छ । हतार गर्दै एअरपोर्ट पुगे, बोर्डिङ् पास लिएँ ।

बोर्डिङ पास लिदैँ गर्दा काउन्टरमा बस्ने महिलाले प्लेन आधा घण्टा ढिलो उढ्ने जानकारी गराइन । जब म सेक्युरिटी भित्रको प्रतिक्षालय पुगेँ, त्यहाँको दृष्य कहालीलाग्दो थियो । विहान ८ बजे देखीका प्लेनहरु उडेका रहेनछन् ।

प्रतिक्षालयमा खुट्टा राख्ने ठाउँ थिएन । कोही उँघीरहेका, कोही पत्पत्रिका पढिरहेका, कोही मोवाइलमा व्यस्त । यस्तो लाग्थ्यो, सबैजना लामो समय कुर्न तयार भएर बसेका छन् । भिडलाई छिचोल्दै एति एअरलाईन्सको एलसिडि स्क्रीन हेर्दा १३.१० को ठाउमा डिले भनेर ज्ञद्धस्ज्ञण् लेखिएको रहेछ १ एक घण्टा ढिलो भएछ भन्ने सोचेर त्यहाँ सञ्चालित क्याफेमा कफी पिउँदै समय बिताएँ । दुइ बजे तिर फेरी डिले भनेर १७.१० देखियो एक घण्टा पछी १६.१० र अन्त्यमा १७३०
तेस पछी विस्तारै यात्रुमा आक्रोश बढ्न थाल्यो । तै पनि के गर्न सकिन्थ्यो र ?

हामी आफै–आफै मिलेर देश र समाजको आलोचना गरेर हामी सबैले समय बिताइ रहेका थियौं । साढे पाँच बजे पनि प्लेन उड्ने छाँटकाँट नदेखेपछि एकजना यात्रुको धैर्यता टुट्यो र उनी त्यहाँका काउन्टरमा मुड्की बजारेर कराउन थाले । उनको आक्रोश जायज थियो । जसमा अरु यात्रुले साथ दिन थाले । झन्डै छ बजे साँझ भरतपुरको उडान रद्द भनेर खबर गरियो ।

यो दिन त्यतिकै खेर गएको र सबैको काम विग्रीएपछि सबैले हल्ला गर्न थाले । हेर्दा हेर्दै परिस्थिति गम्भीर देखिन थाल्यो १ यो हो हल्लाबीच अचानक प्रतिक्षालयमा ज्ञण्रज्ञद्द जना प्रहरी पसे । यात्रुहरुको आक्रोश प्रशासनको बलमा दबाउने प्रयास आफैमा नकारात्मक थियो । यात्रु तोडफोडमा उत्रने भयले प्रहरीको सहयोग लिइएको हुनसक्छ तर दिनभरि भोकै र तिर्खै एउटा साँगरो स्थानमा सयौं यात्रुहरुमाथि भएको अन्यायलाई क्षमा याचना गर्न छाडेर आएका प्रहरीले के नै गर्न सक्थे र १ स्थिति जटिल बन्दै गएपछि म सुटुक्क बाहिर निस्किएँ ।

वाहिर निस्किएर एकजना भलाद्मी जस्ता देखिने तेहिका कर्मचारीलाई सोधे, ‘भाइ, समय तालिकामा हामी भन्दा पछी लेखियका पोखराका प्लेनहरु उडे त,यसै बिच बुद्ध एयरले त चितवन कै दुई वटा उडान भर्यो ,हाम्रो भरतपुरको प्लेन चाही किन नउडेको रु ती कर्मचारीले बिस्तारै भने, ‘सर, धेरैतिर उडान राखे पनि हामीसँग सीमित प्लेन छन् । पोखराका लागि धेरै विदेशी पर्यटकहरु आएका थिए । उनीहरु डलरमा पैसा तिर्छन् ।

फेरि अथितिदेवो भवस् भन्ने हाम्रो मूल मन्त्र नै हो । नाफा र अथितिका लागि हजुरहरुले दुस्ख पाउनु भयो । दिनभरि भोकै प्यासै सयौंले पाएको दुस्खको कारण यति सामान्य होला भन्ने मैले सोचेको थिइन, म चुपचाप घर फर्किएँ ।

भोली बिहान ढस्द्दछ बजे पुनस् भरतपुरका लागि टिकट लिएको छु । डलरमा पैसा तिर्ने विदेशी पाहुना भोली पोखराका नभै भरतपुरका धेरै हुन , यहि कामना गर्दै एयरपोर्ट जानेछु । थाहा छैन, कुनबेला भरतपुर पुग्छु ।
– खेमराज लामिछानेको फेसबुकबाट