१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार ०८:०६

काठमाडौं । सेप्टेम्बर १८ देखि २३ सम्म नेपालमा आयोजना हुने १३ औं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुने भएको छ । जापानबाट आएका प्रो आङ पाङ चाई र लिभरपुल युनिभसिंटीका प्राध्यापक डा. हेमराज शर्माले वैज्ञानिक सम्मेलनको तयारीबारे जानकारी गराउनुको साथै उद्घाटनका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा दिएका थिए । डा. शर्माका अनुसार ४० देशका १५० जना वैज्ञानिकहरु सहभागिता हुने छन् । यस अघि फ्रान्स, चाईना, मेक्सिको, अमेरिका, जापान, जर्मनी, ईण्डिया, स्विजरल्याण्ड र पोल्याण्डमा सम्मेलन सम्मपन्न भएका छन। नेपालमा यो सम्मेलन पहिलो पटक र दक्षिण एशियामा दोश्रोपटक आयोजना गर्न लागिएको हो। बेलायतको लिभरपूल यूनिभर्सिटी, जापानको तोकोकु यूनिभर्सिटी र त्रिभुवन यूनिभर्सिटीमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकहरुको संलग्नतामा आयोजित हुने उक्त सम्मेलनमा भौतिकशास्त्र, रसायशान्त्र, गणित, र ईन्जिनियर बिषयका ११० भन्दा बढी कार्यपत्रहरु पेश हुने छन।