१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अध्यक्ष ओलीसँग स्वराजको भेट आजै, एमालेद्वारा रात्रिभोजको आयोजना

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०९:११

काठमाडौं । नेकपा एमालेले नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजको स्वागतमा आज रात्रीभोज गर्दैछ । राजधानीको सोल्टी होटलमा आज साँझ एमालेले रात्री भोज आयोजना गरेको हो । भोजमा एमालेले ३ सयभन्दा बढिलाई निम्ता गरिएको छ ।

रात्रिभोजमा विदेशमन्त्री स्वराज, विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार, नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी लगायत सहभागि हुनेछन् । भोज अघि एमाले अध्यक्ष केपी ओलीले स्वराजसँग सोल्टी होटलमै भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा एमालेले स्वराजमार्फत भारतसँग सम्वन्ध सुधार गर्न चाहेको सन्देश दिन चाहेको बताइएको छ । साथै उसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिने बताइएको छ । भेटमा एमाले पदाधिकारी समेत सहभागी हुनेछन । ओलीसँगको भेटपछि भारतीय विदेशमन्त्रीले राजपा अध्यक्ष मण्डलका नेतासँग समेत भेट गर्ने कार्यक्रम छ । राजपा नेतासँग बेलुकी आठ बजे भेटघाटको समय तय गरिएको छ ।

स्वराजले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवासँग भने भोली मात्रै भेट गर्ने कार्यक्रम छ । स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपम दुई दिने भ्रमणमा आउन लागेकी हुन ।