७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाम गठबन्धनले वर्तमान सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार १३:२२

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले वर्तमान सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने निर्णय गरेको हो । कामचलाउ सरकारले दुरगामी महत्व राख्ने निर्णय गरेको भन्दै विरोध गर्ने निर्णय भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबारे भएका प्रगतिबारे ब्रिफिङ गर्नु भएको छ ।
बैठकमा सुवासचन्द्र नेम्बाङ संयोजगत्वको वाम एकता कार्यदलले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको रिपोर्ट बुझाएको थियो । बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठनको कार्यदलको रिपोर्ट पनि अनुमोदन गरेको छ। ओली निवासमा करिव दुई घण्टा चलेको बैठकममा पार्टी एकता प्रकृयालाई छिट्टै टुंगोमा पु-याउने विषयमा समेत छलफल भएको छ ।