१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्रातृत्व अभिवृद्धिका लागि आएकी : स्वराज

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार १३:२४

काठमाडौं । नेपालको दुईदिने भ्रमणका आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताएकी छन् । भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै आफू दुई देशबीच भ्रातृत्व विकासको लागि आएको बताइन् ।
पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन् । विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान ९:३० बजे होटल सोल्टीमा गर्ने कार्यक्रम छ।
नयाँ सरकार गठनअगाडि भारतीय पक्षबाट भएको उच्चस्तरको भ्रमणलाई महत्वका साथ हेरिएको छ । साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८ बजे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।