१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जघन्य अपराधमा मेलमिलाप गर्न पाइँदैन : प्रन्या पराजुली

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार १३:२६

वीरगञ्ज । प्रधानन्यायाधीस गोपाल पराजुलीले जघन्य अपराध जस्ता घटनालाई मेलमिलापका नाममा टुंग्याउन नमिल्ने बताएका छन् । वीरगन्जमा बिहीबार सुरु भएको जननिर्वाचित प्रतिनिधि, अदालतका रजिष्टार, न्यायधीशहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले जनप्रतिनिधिलाई नै सानातिना मुद्दा मिलाउने अधिकार दिएपनि जघन्य अपराधका आरोपीलाई कानूनी कठघरामा नै उभ्याउनुपर्ने बताएका हुन ।

प्रधानन्यायाधीस पराजुलीले अन्यायमा परेकालाई न्यायको महसुस गराउन नसकिए सर्वसाधारणहरुको जनप्रतिनिधि र न्यायालयप्रतिको विश्वास घटने कुरामा ध्यान दिएर न्याय सम्पादन गर्नुपर्ने बताए । प्रधानन्यायाधीस पराजुलीले कुनै एक दलको नभइ सबैको प्रतिनिधिको रुपमा न्याय सम्पादन गर्ने कार्यमा क्रियाशील हुन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह पनि गरे ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश एवं न्यायमा पहुँच आयोग कि संयोजक मिरा खड्काले महिला, दलित, गरिव तथा बिपन्न अझै पनि न्यायको पहूँचबाट टाढा रहेको बताइन ।