१५ चैत्र २०८०, बिहीबार
Follow Us

पहारी दम्पतिद्धारा विद्यालयमा पोशाक वितरण

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार ११:५६


लन्डन ।

शिक्षा नै देश बिकासको मुल आधार हो भनी शिक्षाको बिकासमा उल्लेख्य सहयोग गर्दै आउनुभएका पोखरा लेकसाईड स्थित घर भइ हाल स्कटल्याण्ड बसोबास गर्ने नरायण पहारी (जोनि) तथा श्रीमती मैना पहारीले काभ्रेपलान्चोक, ज्याम्दी स्थित श्री चामुण्डा प्राथमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई नयाँ विद्यालय पोशाक र कपि कलम लगायत शैक्षिक सामग्री वितरण गरेका छन ।

नेपाल अभिभावक संघका केन्द्रीय सदस्य समेत रहेका शिक्षाविद् श्री ठाकुर खकुरेलले सहयोग वितरणको लागि समन्वयकारी भुमिका निर्वाह गरेका थिए । गत बर्षपनि उनीहरुले गाउँमा कम्प्युटर शिक्षा अभियान मार्फत दाङ जिल्लाको विद्यालयलाई कम्प्युटर, शैक्षिक सामग्री र नगद वितरण गर्नु भएको थियो।उक्त सहयोगी र उदार मन भएका दम्पतीलाई काभ्रेपलान्चोक जिल्लासंग साईनो जोडाउने महत्त्वपूर्ण भुमिका समाजसेवी सविन पन्त तथा संगीता पन्तले गरेका छन् । आउँदा दिनहरुमा त्यस विद्यालय साथै अन्य विद्यालयलाई पनि सहयोग गर्ने भन्दै जोनी पहारीले प्रतिबद्धता गरे ।

अब त्यस चामुण्डा प्राथमिक विद्यालयका विद्यार्थीहरुले पनि निजि विद्यालयका विद्यार्थी सरह हप्तामा दुई प्रकारको विद्यालय पोशाक लगाउन पाउन साथै उनिहरुको शैक्षिक गुणस्तरमा वृद्धि होस भनेर आफुले नयाँ प्रकारको पोशाक प्रदान गरेको मैना पहारीले बताए।