२६ बैशाख २०८१, बुधबार
Follow Us

धरानको पानी टंकीको वेलायतबाट बिरोध

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार २३:३९

लण्डन ।

किरात याक्थुङ चुम्लुङ युकेले धरानको विजयपुर दरबार परिसरमा निर्माण हुन लागको पानी टंकीको बिरोध जनाउँदै ध्यानाकर्षण गराएको छ ।

संस्थाका अध्यक्ष दिल सिं मेन्याङवो र महासचिव गणेश ईजमले बिज्ञप्ति जारी गरी पिउने पानीको टंकी बन्नु नकारात्मक नभए पनि निर्माण गरिने क्षेत्रको छनौटले अदिवाशी जनजातिको ईतिहांस र पहिचानको प्रमाणहरु मास्नेमा शंका व्यक्त गरेका छन् ।

बिज्ञप्तिमा विजयपुर दरबार परिसरको संरक्षण गर्दै पानी ट्यांकी अन्य ठाउमा निर्माण गर्न अपिल गरिएको छ ।

धरान उपमहानगरपालिकाले एकीकृत सहरी विकास परियोजना(आईयूडीपी)अन्तर्गत ट्याङ्की बनाउने निर्णय गरेपछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति आन्दोलित भएको हो ।

एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित परियोजनालाई दरबार परिसरमा निर्माण कार्य नथाल्न गत कात्तिक ८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

गत वर्ष दरबार परिसरको मध्यभागमै आयोजनाले खानेपानी ट्याङ्की निर्माण गर्न ११७ थान रूख कटान गरेपछि विवाद चुलिएको थियो ।

सङ्घर्षरत पक्षको वार्ता समिति र उपमहानगरपालिकाबीच गत माघ ९ गते १८ बुँदे समझदारी सार्वजनिक गर्दै आयोजना अघि बढ्ने नगर प्रमुख तारा सुब्बाले जनाएका थिए ।