१३ बैशाख २०८१, बिहीबार
Follow Us

सोनिया गान्धी अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार १३:५९

नयाँ दिल्ली । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको समाचार छ । उहाँ राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना हुनुभएको समाचारमा जनाइएको छ । उहाँ पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार भर्ना गरिएको समाचारमा जनाइएको छ ।

भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उहाँ उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् ।

सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– हामीले उहाँलाई अस्पताल भर्ना गरेका छौँ र उहाँलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ ।

उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् ।

उहाँ गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । उहाँलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो ।

उहाँ पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उहाँको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ ।

उहाँको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उहाँलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज हुनुभएको थियो ।

बिहीबार उहाँलाई भर्ना गरिएको र उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् ।

उनले भने– फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन ।