१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँठेखोलामा गुरु योजना निर्माणका लागि छलफल सुरु

sarusaru
१९ माघ २०७४, शुक्रबार ०३:४३

बागलुङ १८ माघ – काँठेखोला गाउपालिकाले दिगो विकासका लागि गुरु योजना निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन छलफल थालेको छ । गाउपालिकाको कार्यलाई ब्यवस्थित रुपमा अगाडि बढाउने र हरेक पक्षमा कार्य सम्पादन गर्न सहज बनाउने उदेश्यले काँठेखोला गाउपालिका दिगो विकास गुरु योजना निर्माणको कार्य अगाडि बढाएको अध्यक्ष अमर थापाले वताए ।
गाँउपालिकाले गुरु योजना निर्माणका लागि विहिवार सरोकारवालासंग प्रारम्भिक अन्तरक्रिया गर्यो । प्रारम्भिक अन्तरक्रियामा बन अनुसन्धान तथा सर्वेक्षण विभागका डा. केशवराज गौतमले सहजीकरण गर्दै दिगो विकास गुरु योजना निर्माणका आधारहरु प्रस्तुत गरे ।
दिगो विकासको अवधारणा वारेमा जानकारी गराउदै डा. गौतमले ५ बर्षे र २० वर्षे गुरु योजना निर्माण गरी अगाडि बढ्दा हुने फाईदा र सकारात्मक पक्षका वारेमा वताए । त्यसका लागि सवै पक्षलाई समटेर गुरु योजना तर्जुमा गरिने वताउदै त्यसका लागि राजनैतिक पहुँच, ब्यक्तिगत लाभहानीले विर्सिने वताए ।
गाँउपालिकाका अध्यक्ष अमर थापाले स्थानीय तहमा आफ्नो गाँउपालिकालाई नमुनायोग्य बनाउने र स्थानीयको आयमा वृद्धि गरी मानकसुचाँकमा माथि पुराउनका लागि दिगो विकासका लागि गुरु योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।
कार्यक्रममा गाँउपालिकास्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चार, सहकारी, शैक्षिक क्षेत्रका अगुवाहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । कार्यपालिकाका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यपालिकाका सदस्य टिका संगम विकले र स्वागत प्रमुख प्रशासकीय अधिकृत सितादेवी न्यौपानेले गरेका थिए