६ बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रेलियाको अति गोप्य सरकारी कागजपत्र पसलमा भेटिए

sarusaru
१९ माघ २०७४, शुक्रबार ०४:३३

अष्ट्रेलिया — अष्ट्रेलिया सरकारको अति गोप्य र संवेदनशिल हजारौं महत्वपुर्ण काजपत्र एक पुरानो सामान खरिदबिक्री गर्ने पसलमा भेटिएपछि तनाव सृजना भएको छ ।

यसलाई अष्ट्रेलियाको इतिहासमै सरकारी कागजपत्रको सुरक्षा सम्बन्धमा भएको ठूलो मध्येको गल्ती भएको दाबी गरिएको छ ।

राजधानी क्यानबेराको पुराना सामान खरिदबिक्री गर्ने पसलले उक्त पुराना सामान राख्ने दुई दराज किनेको थियो । ताल्चा लगाइएको अवस्थामै किनिएको उक्त दराजभित्र अष्ट्रेलियामा निर्माण भएका ५ सरकारका अति महत्वपूर्ण कागजपत्र रहेको यहाँस्थित सरकारी सञ्चारमाध्यम एबीसीले सार्वजनिक गरेको थियो ।

उक्त दराजभित्र राष्ट्रिय सुरक्षा, अध्यागमन, सार्वजनिक सुरक्षा, सञ्चार लगायतका महत्वपुर्ण काजपत्रहरु रहेको बताइएको छ । अहिले उक्त दराजलाई सरकारी अधिकारीहरुले आफ्नो नियन्त्रणमा लिएर सुरक्षित बनाएका छन् ।

यसले यहाँको सरकारको महत्वपूर्ण सुचना र कागजपत्रको ब्यवस्थापनमा गम्भिर प्रश्न उठाइदिएको बिष्लेषण गरिएको छ । महत्वपुर्ण कागजपत्र सार्वजनिक भएपछि यससँगै सरकारले बिभिन्न तहमा गरेका निर्णयहरु सार्वजनिक भइरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार यस किसिमका महत्वपुर्ण कागजपत्रहरु २० बर्षसम्म बन्द गरेर राखिनुपर्ने प्रावधान रहेको छ ।

घटना सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्यलयका उच्च अधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाएका छन् ।

कागजपत्रहरु भेटेर सार्वजनिक गरेको एबिसी समाचार संस्थाले यी कागजपत्रहरु कसैद्धारा चुहावट नभएको जनाएको छ । बरु यी कागजपत्रहरु खरिद गरेर ल्याएपछि पनि केही महिनासम्म नखोलीकनै दराजमै राखिएको थियो । भेटिएका कागजपत्रहरुमध्ये केही ‘अति गोप्य’ र केही अष्ट्रेलियाली आँखाले मात्र हेर्न मिल्ने गरि वर्गिकरण गरिएको बताइएको छ ।
– कान्तिपुरबाट ।