१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साहित्यकार मनु ब्राजाकीको निधन

sarusaru
१९ माघ २०७४, शुक्रबार ०७:११

नेपाली गजल तथा कथा साहित्यका शक्तिशाली लेखक मनु ब्राजाकीको आज उपचारको क्रममा निधन भएको छ ।पाटन अस्पतालमा उपचार गराईरहेका बाज्राकिको शुक्रबार बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी जानकारी दिए । उनको ७५ वर्षको उमेरमा निधन भएको हो ।
मस्तिष्क शिरोघात रोगबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । बाज्राकिको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।