८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली सेनाको भैरवनाथ गणभित्र बम विस्फोट

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार ०७:११

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको नेपाली सेनाको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ । तालिमको क्रममा विहान साढे नौ बजेतिर बम विस्फोट हुँदा ६ सैनिक घाइते भएका छन् ।

घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन । विस्फोटमा महिला सैनिकमा शर्मिला कार्की, शुष्मा कुमाल, राजमाया घले र दीपिका बस्नेत घाइते भएका हुन । सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि विस्फोटमा घाइते भएका छन् ।

उनीहरुमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको शिक्षण अस्पताल महाराजगञ्जले जानकारी दिएको छ । घाइते सबैको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । तालिमका क्रममा प्लास्टिक ग्रिनेड विस्फोट हुँदा सैनिकहरु घाइते भएको नेपाली सेनाले जानकारी दिएको छ । प्रशिक्षकले सैनिकहरुलाई तालिम दिने क्रममा ग्रिनेडको पिन थुतेर फाल्ने क्रममा दुर्घटना भएको नेपाली सेनाको भनाइ छ । दुर्घटनामा घाइते हुने सेनाको विवरण सार्वजनिक गरिएको छैन।