१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ सरकारलाई भारतले पुर्ण सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार ०७:१५

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको स्थिरता र विकासका लागि नयाँ गठन हुने सरकारलाई भारतले पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राजधानीको सोल्टी होटलमा भएको भेटवार्तामा स्वराजले नयाँ गठन हुने बाम गठवन्धनको सरकारलाई भारतको सहयोग रहने प्रतिबद्धता जनाएकी हुन ।

छिमेकीसँग राम्रो सम्वन्ध बनाएर सहयोग जुटाउने पक्षमा रहेको जानकारी आफुले गराएपछि स्वराजले पुर्ण सहयोगको आश्वासन दिएको भेटपछि माओवादी अध्यक्ष दाहालले जानकारी दिए । भेटमा चुनावपछिको परिस्थिती र सरकार गठनको तयारीका विषयमा पनि स्वराजले चासो राखेका थिइन ।

जवाफमा अध्यक्ष दाहालले एमाले र माओवादीको गठवन्धनको बहुमत सरकार गठन हुन लागेको र त्यसमा छिमेकीको पनि सहयोग आवश्यक रहने बताएका थिए । माओवादी अध्यक्ष दाहाल र र भारतीय विदेशमन्त्री स्वराजबीच करिव पैतालिस मिनेट कुराकानी भएको थियो ।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले हिजो एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग भेटवार्ता गरेकी थिइन । उनी आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ ।