८ बैशाख २०८१, शनिबार
Follow Us

मुसाको विष खाएर प्रेमीप्रेमिकाले गरे जङ्गलमा आत्महत्या

sarusaru
१९ माघ २०७४, शुक्रबार ११:२१

बुधबार बिहान घरबाट स्कुल जानको लागि निस्किएका १२ कक्षामा पढ्ने प्रेमी र १० कक्षामा पढ्ने प्रेमिकाले जंगलको बीचमा पुगेर विष सेवन गरेर आत्महत्या गरेका छन् । दिउँसो जंगलमा उनीहरुको लाश भेटिएको छ । उनीहरुको नजिकै मुसा मार्ने विषको प्याकेट पनि भेटिएको छ ।

१२ कक्षा पढ्ने १७ वर्षका अमन राहगडाले र १६ वर्षकी १० कक्षामा पढ्ने वैशाली भरमका बीच प्रेम सम्बन्ध थियो । भारतको पंजाब राज्यको नागपुरनजिकै गोदिया जिल्लामा बस्ने यी दुई केही समयदेखि एक अर्कालाई चाहन्थे । दुई दिनअघि वैशालीका दाजुले यी दुईलाई सँगसँगै देखेका थिए । बुधबार वैशाली स्कुल जानको लागि हिँडे पनि स्कुल पुगिनन् । अमन पनि स्कुल गएनन् । यी दुईले बोदलकसाको जंगलमा गइ मुसा मार्ने विष सेवन गरेर आत्महत्या गरे ।

यी दुईको लाश एक अर्काको अंगालोमा बेरिएको अवस्थामा भेटिएको थियो । जंगलमा गएका केही स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवैको लाश पोष्टमार्टमको लागि पठाएको छ । वैशालीका दाजुले दुई दिअघि देखेपछि यी दुवै डराइरहेका थिए । यही डरका कारण उनीहरुले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले यो आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
– डिसी नेपालबाट ।