१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सामुहिक बलात्कार नभएको डाक्डरको रिपोर्ट

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार ११:४७

काठमाडौं । दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्टमा सामुहिक बलात्कार नभएको डाक्डरहरुले बताएका छन् । स्रोतका अनुसार ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला नपरेको र पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’
‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ, स्रोतले भन्यो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताए । ‘मेडिकल रिपोर्टकै आधारमा बलात्कार भयो कि भएन भन्ने होइन’, ती अधिकारीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’