१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजदूत सुवेदीलाई दोहोरो जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार १३:१८

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई अर्को पनि कूटनीतिक जिम्मेवारी थपिएको छ । राजदूत डा. सुवेदी माल्टाका लागि पनि राजदूत पदमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. सुवेदीलाई माल्टाका लागि राजदूत पदमा नियुक्त गर्नुभएको हो ।