१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दधी आचार्यले पर्वतमा न्यानो कपडा पठाए

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार २२:२५

पर्वत– खोलाकिनार र जंगलको बिचको विद्यालय । कात्तिकदेखि फागुनसम्म विद्यालयको छानाले समेत सुर्यको प्रकाश देख्न पाउदैन । यहि विद्याँलयमा मध्यमाघको ठिहि९याउने ठण्डीमा एकसरो कमिज र पाइण्टको भरमा लुगलुग काम्दै विद्यालय आउँछन् विद्यार्थी । यो व्यथा फलेवास ३ स्थीत जनसहयोगि मावि चाउकाको हो ।

सामुदायिक विद्यालय भएकाले यहाँ गाउँमा मजदुरी गर्नेले मात्रै पढ्न पठाउँछन् । जातिय हिसावले कथित उपल्लो (ब्रँम्हण, क्षेत्री) वर्गका बालबालिका अधिक रहे पनि बिहानबेलुका छाक टार्नकै लागि मजदुरी गर्ने परिवारको बाहुल्यता छ ।

बालबालिकाहरुको यहि समस्या बुझ्दै जिल्लाकै जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका दधी आचार्यले न्यानो कपडा पठाए । उनले विद्यालयको कक्षा १ देखि १० सम्मका सबै बालबालिकाहरुलाई न्यानो कपडा पठाएका हुन् । १७० थान न्यानो कपडा जिल्ला शिक्षाँ अधिकारी रमेशराज पौडेलले शिक्षाको गाडीमा विद्यालयमै पु-याएर बितरण गरे ।

न्यानो लुगा पाउँदा विद्यार्थी दङ्ग परे । आइतबार दिउँसो चीसोमा दाँद किट्किट्याउँदै बसेका बालबालिका साँझ घर फर्किंदा न्यानो लुगामा फर्किए । ‘लुगा किन्ने पैसा घरमा कहिल्यै हुँदैन,’ कक्षा १० का शुसान्त अधिकारीले भने, ‘लुगा छैन भनेर पढ्न छोड्न त भएन ।’ दयनिय अवस्थाका यसोधा रेग्मी, योगमाया“ तिवारी लगायत बालबालिकाहरुले यसअघि जाडोकै कारण कक्षामा पढाएको पनि बुझ्न कठीन भएको बताए । ‘अब यो वर्ष ढुक्कले पढिन्छ ।’
विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले राज्यले जातिय आधारमा गर्ने बिभेदको चरम मार कथित उपल्लो जातीका बालबालिकाले भोग्न बाध्य भएको बताए ।

‘एउटा व्यक्ति पजेरो चढेर राज्यको बिशेष सुविधा लिन जाँदा कथित उपल्लो जातको व्यक्ति भोको पेटमा बसेर टुलुटुलु हेर्छ । ऊ केहि बोल्न सक्दैन,’ थापाले भने, ‘यहाँका अधिकांस बालबालिका त्यहि बिभेदको शिकार बनेका हुन् ।’ विद्यालयको शैक्षीक गुणस्तर उत्कृष्ठ छ । शैक्षिक अवस्थाकै कारण यहाँ डेढ घण्टाको बाटो हिंडेर कुश्मा नगरपालिका र फलेवास ४ मुडिकुवाका विद्यार्थीसमेत आउँछन् । तर, राज्यले दिने सुविधाबाट यहाँका सबै बालबालिका बञ्चित छन् ।

राज्यबाट बञ्चित भए पनि बिभिन्न दाताहरुको सहयोगमा जेनतेन चलेको विद्यालयमा अहिलेसम्म माध्यमिक दरबन्दीको शिक्षक छैन । सिमित स्रोतबाट सञ्चालित न्यून पारिश्रमिक दिएर अधिकांस शिक्षकलाई स्थानीय स्रोतबाटै व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर थापाले बताए । शिक्षा अधिकारी पौडेलले न्यून अवस्थाका बिच विद्यालय र विद्यार्थीको लगनशिलताको प्रशंसा गरे ।