१५ चैत्र २०८०, बिहीबार
Follow Us

आफ्नै बसले च्यापिएर गाडी साहुको मृत्यु

sarusaru
२० माघ २०७४, शनिबार ०३:०४

दमक : मोरङको मिक्लाजुङ गाउँपालिकामा आफ्नै गाडी दुर्घटना हुदा च्यापिएर गाडी साहुको मृत्यु भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा सोही बसका साहु मिक्लाजुङ गाउँपालिका ३ बस्ने राजकुमार विश्वकर्माको मृत्यु भएको हो ।

उर्लाबारीबाट टाँडीतर्फ जादै गरेको मे १ ख १४१९ नम्बरको यात्रुवाहक बस मिक्लाजुङ गाउँपालिका ५ माने भन्ने स्थानमा शुक्रबार अपरान्ह ४ बजे सडकबाट खसेर दुर्घटना भएको हो । बसले थिचेर गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रमममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

बसमा ३६ जना यात्रु सवार रहेका थिए । अन्य सकुशल रहेको उक्त कार्यालयले जनाएको छ । घटना पश्चात बसका चालक मोरङ मिक्लाजुङ ३ बस्ने मोती लिम्बु फरार रहेकाले खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।
-अन्नपूर्ण पोष्टबाट ।