१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजपा संसदीय दलको नेता छान्दै

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार ११:४८

महेन्द्रनगर । प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक आज जनकपुरमा बस्दैछ । बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचवटै सदस्य र राजपा नेपालबाट प्रत्यक्ष एंव सामानुपातिकतका प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहनेछ ।

आजै सर्वसम्मतबाट संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको राजपाका नेता प्रमोद साहले बताउनुभयो । साहका अनुसार भोलि प्रदेश २ को पहिलो बैठक बस्ने भएकाले संसदीय दलका नेता छान्नु नै आजको बैठकको मुख्य कार्यभार रहेको छ ।

बैठकमा संसदीय दलका नेताका लागि राजपाका जीतेन्द्र सोनल, नवल किशोर साह, मनिष सुमन र राम नरेश रायको नाम चर्चामा रहेका छन् । तर अहिले नै भनी हाल्ने अवस्था न रहेको बताइएको छ ।