७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार १३:४७

महेन्द्रनगर । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा ९एमाले०को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।

प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताउनुभयो ।

सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राख्नुभएको छ भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नं २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उहाँलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।

यता प्रदेश नं २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली काँग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन । त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश नं २ मा पाँचाँै शक्तिका रुपमा रहेको छ ।