१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वयुवराज्ञी हिमानी शाहद्धारा बटुक भैरबमा पूजाअर्चना

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार १३:५४

ललितपुर । पूर्व युवराज्ञी हिमानी शाहले शनिवार ललितपुरको बटुक भैरबमा पूजाअर्चना गरेकी छिन् । दिउसो मन्दिर परिसरमा पुगेर उनले बटुक भैरवको दर्शन गर्नुका साथै मन्दिरमा दश महाविद्यापूजा गरेकी हुन । पूजाका क्रममा शाहले भैरव जगाउने पूजा गर्न पाउनु आफ्ना लागि सौभाग्यको कुरा भएको बताएकी छिन् । देशमा शान्ति र सम्बृद्धिको कामनासहित दश महाविद्या पूजा आयोजना गरिएको हो । हिमानी मन्दिरमा पूजाअर्चनाका लागि पुग्दा राजावादी संघसंस्थाका प्रतिनिधिले उनको पक्षमा नारावाजी समेत गरेका थिए ।