१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रदेशको मतदान स्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार १३:५६

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख उपप्रमुखलाई जहाँ भएपनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ । कांग्रेसले स्वदेश तथा विदेश जहाँभए पनि २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन भनेको हो । साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट हाल्न कांग्रेसले निर्देशन दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीको ‘ह्वीप’पालना गर्न निर्देशन गरिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनयही माघ २४ गते सातओटै प्रदेशमा हुँदैछ ।