८ बैशाख २०८१, शनिबार
Follow Us

ट्रिपरको ठक्करले पैदलयात्रुको मृत्यु

sarusaru
२१ माघ २०७४, आईतवार ०४:१२

काभ्रे । काभ्रेमा शनिबार ट्रिपरको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

बा ४ ख ३३२४ नंम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि स्थानीयवासी तोडफोडमा उत्रिएका थिए । प्रहरीले तोडफोडमा उत्रिएका स्थानीयलाई रोक्न चार राउण्ड हवाईफायर गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

मृतकको शव परीक्षणका लागि अहिले शीर मेमोरियल अस्पताल बनेपा लगिएको प्रहरीले जनाएको छ ।
– रासस