१२ बैशाख २०८१, बुधबार
Follow Us

२, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार ०७:०६

काठमाडौं । चारवटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दैछ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । तीन नम्बर प्रदेशको पहिलो बैठक यसअघि नै भैसकेको छ भने एक र चार नम्बर प्रदेशको बैठक भोलीका लागि बोलाइएको छ ।

प्रदेश नम्बर दुईको पहिलो बैठक जनकपुर उपमहानगरपालिका बा-हको कुवास्थित जिल्ला शिक्षा कार्यालयमा जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा हुँदैछ । प्रदेश नम्बर पाँचको बैठक भने बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभामा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा हुनेछ

। प्रदेश छ को प्रदेशसभाको पहिलो बैठक वीरेन्द्रनगरस्थित सिँचाइ कार्यालयको डिभिजन भवनस्थित प्रदेशसभा बैठक कक्षमा ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा हुँदैछ । त्यस्तै प्रदेश नम्बर सातको पहिलो प्रदेश सभाको बैठक धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा हुँदैछ ।

प्रदेश सभा बैठकमा सहभागि हुनका लागि सबैजसो सांसदहरु प्रदेशको अस्थायी राजधानीमा पुगिसकेका छन् । चारवटै प्रदेशमा आज हुने पहिलो बैठकमा सभामुखको चुनावको मिति तय गर्ने कार्यसूचि छ । साथै प्रदेश प्रमुखको पत्र वाचन र अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित गर्ने पनि तयारी छ ।

पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई सम्वोधनका लागि समेत समय छुट्टाईएको छ । हतारका तयारी भएकाले केही ठाँउमा भाडाका कुर्सीवाट सभाहल तयार गरिएको छ । प्रदेश सभा बैठक हल तयार भएपनि धेरै ठाँउमा प्रदेश सभा अन्र्तगतका अन्य संरचना बनेका छैनन् ।