७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न सल्लाह

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार ०७:१०

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ । प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिनुभयो । पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले दुवै छिमेकी मुलुकबीच यस्ता भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।