७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वसँग प्रतिस्पर्धा गर्दै नेपाली चेलीको सोच

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:१०

काठमाडौं । विज्ञान र प्रविधि सम्बन्धि नेपालको सोच विश्वका ८० देशसँग प्रतिस्पर्धामा उत्रिएको छ । विज्ञान र प्रविधिको विकास गर्ने उद्धेश्यले (GIST) ग्लोबल इनोभेसन थ्रु साइन्स एण्ड टेक्नोलोजीले गरेको प्रतियोगितामा नेपाली चेलीको सोच विश्वसँग प्रतिस्पर्धा गर्न छानिएको हो । ८० देशका १ सय ९ उद्यमीमध्ये नेपाली चेली निश्मा अधिकारीको ‘प्रो मम्’ एप प्रतिस्पर्धाका लागि छनोट भएको छ । गर्भवति आमा र नवजात शिशुको स्वास्थ्य र पोषण, ख्वपलगायतका आवश्य सम्पूर्ण जानकारी उपलब्ध गराउने सोचलाई प्रतियोगितामा सामेल गरिएको हो । उक्त मोबाइल एप्लीकेशनले बालमृत्युदर घटाउन सहयोग गर्ने अधिकारीको भनाई छ । अनलाइन भोटिङबाट प्रतिपस्र्धीमध्ये उत्कृष्ट १० जना युवा उद्यमी छनोट गरिनेछ । छनोट भएका १० जनाले टर्कीमा हुने ग्लोबल इन्टरप्रेनरसिप समिटमा भाग लिन पाउनुका साथै फाइनलमा जाने अवसर प्राप्त गर्नेछन् । यो अवसर नेपाली चेलीलाई प्रदान गराई नेपाली सोचलाई विश्वमाझ परिचित गराउन निश्मा अधिकारीलाई भव्य भोटको आवश्यकता छ । उनलाई भोट गर्नका लागि निम्न प्रकृया अपनाउनु पर्नेछ ।
भोट गर्न यहाँ क्लीक गरेर अकाउन्ट बनाउनुहोस् ।
www.gistnetwork.org/content/vote
(स्टार चिन्ह (*) बाहेक अन्य विवारण भरिरहन जरुरी छैन)
विवरण भरेपछि तपाईको इमेलमा आएको लिंकमा क्लीक गर्नुहोस् । अनि निलो रंगको भोट बटनमा क्लीक गर्नुहोस् । Nishma Adhikari को भिडियो छान्नुहोस् र भोट गर्नुहोस् । प्रतिस्पर्धीहरु धेरै भएकाले कम्प्युटरमा Ctrl+F थिचेर Nishma Adhikari टाइप गरेर पनि भोट गर्न सकिनेछ ।