१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानन्यायाधीस पराजुलीको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै निवेदन

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:२०

तनहुँ । प्रधानन्यायधीश गोपाल पराजुलीको फरक–फरक स्थान र मितिमा जारी गरिएको नागरिकता प्रमाणपत्रको सूचना उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार निवेदन दर्ता गराइएको छ । डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डाक्टर अभिषेकराज सिंह लगायतले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका हुन ।
शशिविक्रम कार्कीको संयोजकत्वमा गएको तीन जनाको टोलील जिल्ला प्रशासनमा निवेदन दर्ता गराएको हो । प्रशासकीय अधिकृत सुरेश ढकालले निवेदन बुझ्दै प्रजिअ नभएकाले निमित्त प्रमुख जिल्ला अधिकारी आउना साथ छलफल गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । जारी नागरिकता र प्रतिलिपिमा फरक जन्ममिति हुँदा गम्भिर सार्वजनिक सरोकारको विवाद उत्पन्न भएकाले सोको बारेमा सूचना उपलब्ध गराउन निवेदनमा माग गरिएको छ ।