१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:२३

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातीदेखि मौन अबधि शुरु हुँदैछ । माघ २४ गते हुने निर्वाचनको ४८ घन्टा अघिबाट मौन अवधी शुरु हुन लागेको हो । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले सामाजिक संजाल, तथा कुनै पनि प्रविधिको प्रयोग गरेर समेत भोट माग्न नपाइने जनाएको छ । मौन अवधीमा चुनाव प्रचारप्रसार गरेमा एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज समेत गर्न सकिने प्रावधान छ । राष्ट्रिय सभा निर्वाचनमा सातवटै प्रदेशवाट आठ–आठ जना सदस्य निर्वाचित हुनेछन् । प्रदेश नम्बर दुईमा भने सबै निर्विरोध भएकाले निर्वाचन गर्नु नपर्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभामा २४ जना निर्विरोध भएकाले ३२ सिटमा मात्रै निर्वाचन हुँदैछ । ३२ राष्ट्रियसभा सदस्य पदका लागि ५२ जना उम्मेदबार चुनावी प्रतिस्पर्धामा छन् । ५९ सदस्सीय राष्ट्रिय सभामा तीन सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ब्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह अन्र्तगत गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षका साथै नगरका प्रमुख र उपप्रमुख गरि २ हजार ५६ मतदाता रहेका छन् ।