१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:२६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ । आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा ९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ । ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।