८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश ७ को बैठकमा रेशम चौधरीको प्रमाणपत्रको चर्चा

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:३०

कैलाली । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै पर्यटकीय स्थल, जलविद्युत, नेपाल भारत सीमा नाका लगायतका विषयमा अब भन्ने प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

राजपाकी मालमती रानाले प्रदेश ७ को राजधानी धनगढीलाई तोक्दा थारुहरुको सल्लाह नलिएको बताइन् । उनले कैलाली क्षेत्र नम्बर १ बाट विजयी राजपाका नेता रेशमलाल चौधरीलाई जनताले आफ्नो मत दिएर विजयी गराएकोले वारेसनामा मार्फत प्रमाणपत्र दिनुपर्ने बताइन् ।

प्रदेश सभाको पहिलो बैठकले सभामुख र उपसभामुख चयन नहुदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, पूर्ण जोशी र कृष्णबहादुर चौधरी रहेका छन् । बैठकले प्रदेशसभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि पारित गरेको छ । आइतबार प्रदेशसभाका जेष्ठ सदस्य दिश्येश्वरी शाहले सभामुखको हैसियतमा बैठक सञ्चालन गरेकी थिइन् ।