८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा मनाइंदै भ्यालेन्टाइन डे

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १९:३२

लन्डन । भ्यालेन्टाइन डे (प्रणय दिवस) आउन थोरै समय बांकी रहंदा बेलायतमा विभिन्न कार्यक्रम तय गरिएका छन् ।

१४ फेब्रुअरीका दिन ‘भ्यालेन्टाइन डे’ परेपनि सप्ताहन्त कयौं कार्यक्रम गर्न लागिएको हो । यो माहोललाई छोपेको छ गोर्खा स्टुडियोले पनि ।

गोर्खा स्टुडियोले आगामी १० फेब्रुअरी शनिबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा ‘भ्यालेन्टाइन विशेष’ कार्यक्रम गर्न लागेको हो ।

चांद लामाको डिजे, डान्स र डिनरसहितको उक्त प्रेमिल सांझमा गोर्खा स्टुडियोको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम समेत छ । गोर्खा स्टुडियोले उत्पादन गरेको कार्यक्रम ‘दम्पत्ति सिजन २’ पनि सोही सांझबाट प्रसारणमा आउने जनाइएको छ । गोर्खा स्टुडियो विमला सेने, देव गुरुङ र दिनेशकुमार परियारले सञ्चालन गरेका हुन् ।

कार्यक्रममा उत्कृष्ट ड्रेस, क्याटवाक र डान्स गर्ने जोडीलाई सरप्राइज गिफ्ट दिने योजना आयोजकको छ । उत्कृष्ट जोडीको गोर्खा स्टुडियोका तर्फबाट भिडियो तथा फोटो सुट समेत गरिने सञ्चारकर्मी दिनेशकुमार परियारले जनाए ।

गोर्खा स्टुडियोले इच्छुक जोडीलाई कार्यक्रममा सहभागी भएर प्रणय दिवस हर्षोल्लासका साथ मनाउन आव्हान गरेको छ