१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्याउनै नसकिने घटना टिकाथलीमा

sarusaru
२२ माघ २०७४, सोमबार ०३:५१

सरु पौडेल , काठमाण्डौ -ललितपुरको टिकाथलीको एक घरमा विगत एक महिनादेखि दिउँसै तर्साउने , कप फुटाउने,इटा फुटाउने , धान चामल छरिदिने जस्ता क्रियाकलाप गरेर हैरान पारेको छ । त्यस घरमा कोठामा बस्ने सबैजना डरले भागिसकेका छन् ।
एक्काइसौँ शताब्दीमा भुत प्रेतमा विश्वास गर्ने एकदमै कम हुन्छन् तर यस घरमा घरमूलीको मृत्यु भएको एक वर्षको दिनदेखि तर्साउने ,कप फुटाउने ,टिभि फुटाउने जस्ता क्रियाकलापहरु भइरहेका छन् । घरबेटीले पत्रकार रवि लामिछानेलाई खबर गरेपछि पत्रकार रवि लामिछानेको टिम त्यहाँ गएर घटनाको बारेमा बुझेपछि टिभि फुटेको त्यस घरकी छोरी अञ्जना उपाध्यायले जनाएकी छिन् ।
छायाजस्तो केही आउने र उसले छोएपछि सामान पल्टिने फुट्ने हुने गर्छ –उनले भनिन् । कहिले कप उडेर बुवाको हातमा आएर बस्छ त कहिले पुजा गर्ने मन्दिर नै उडेर झ्यालको सिसा फुटाउँछ – अञ्जनाले भनिन् ।
आमा क्यान्सर भएर बितेको एक वर्ष भयो । यो भन्दा पहिले कहिल्यै यस्तो भएको थिएन । ठ्याक्कै एक वर्ष हुँदाको दिनदेखि नै यस्तो हुन थालेको छिमेकीहरु बताउँछन् ।
भूतप्रेतको विश्वास गर्ने मानिसहरुले भनेको हामी सुन्छौँ – मान्छे धेरै भएको ठाउँमा र बत्ती , आगो भएको ठाउँमा भुत आउँदैन तर यस घरमा भने आगो तापिरहेकै बेलामा माथिबाट इटा फुटाउँछ , बाहिर ढकढक आवाज आउँछ अनि जति धेरै मान्छे भयो झन् त्यति नै बढी तर्साउने गर्छ ।त्यतिमात्र होइन त्यस घरमा रगत देखाउने , धान चामलको रेखा लगाइदिने गर्दा छरछिमेकीसमेत आतङ्कित छन् ।