१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधानमन्त्री निधि भेटवार्तामा व्यस्त

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार १४:३४

काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ । बिहीबार दिल्ली पुग्नुभएका उहाँले शुक्रबार उच्चस्तरीय भेटवार्ताका क्रममा दुई प्रमुख व्यक्तिसंग भेटवार्ता गर्नुभएको हो ।
विशेष दुतका रुपमा भारत र नेपालबीच विग्रिएको भनिएको सम्बन्ध र प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको व्यवस्था मिलाउन भारत पुग्नु भएका निधिले अपरान्ह भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेश मन्त्री स्वराजलाई भेटेर नेपालको पछिल्लो राजनीति घटनाक्रमका विषयमा कुराकानी भएको थियो । निधिले साँझ राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा निधिले नेपालका राष्ट्रपतिको भारत भ्रमणको मिति तयका लागि प्रस्ताव गर्नुका साथै भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम रहेको जनाइएको छ । निधि शनिवार भारतीय प्रधानमन्त्री नरेन्द« मोदीसँग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।